भेलाहा गाउँमा राष्ट्रिय निषाद विकास संघ नेपालको समिति गठन भएको छ।

 


यही मिति २०७७ साल भदौ १९ गते पर्साको बिन्दवासिनी गाउँपालिकाको भेलाहा गाउँमा बसेको राष्ट्रिय निषाद विकास संघ नेपाल को बैठकले सर्वसहमति बाट समिति गठन गरेको छ। उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, वरिष्ठ सल्लाहकार सुदामा मुखिया निषाद, जिल्लाका युवा संयोजक सन्दिप सहनी निषाद लगायतका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्न छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। भेलाहा वडा समितिमा अध्यक्षसहित १८ जना रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्।

१)अध्यक्ष = मुन्ना मुखिया निषाद

२)उपाध्यक्ष = रुपनारायण मुखिया निषाद

३)सचिव = पुनदेव मुखिया निषाद

४)सह-सचिव = दिपेन्र्द मुखिया निषाद

५)कोषाध्यक्ष = मेघराज मुखिया निषाद

६)सदस्य = जय नारायण मुखिया निषाद

अन्य ११ जना सदस्यहरू रहेका छन्।

जय निषाद राज!!! 

Comments

Popular posts from this blog

मधुबनी गाउँमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो...

आज फेरि कटीबलुवामा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो।

राष्ट्रिय निषाद विकास संघ नेपालको पर्सा जिल्लाको कार्य समितिको बैठक हाँसवामा सम्पन्न भयो।