आज फेरि कटीबलुवामा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो।

यही मिति २०७७ साल  असोज २ गते पर्सा जिल्लाको कालिकामाई गाउँपालिका  वार्ड नंः४ कटीबलुवामा बसेको राष्ट्रिय निषाद विकास संघ नेपालको बैठकले सफलतापूर्वक वडा समिति गठन गरेको छ । उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, जिल्ला युवा संयोजक सन्दिप सहनी निषाद, मनहोर सहनी निषाद, उक्त गाउँका बरिष्ठ युवा रामानन्द सहनी निषाद लगायतका अन्य पदाधिकारीहरू र उक्त गाउँका निषाद समुदायको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्ने छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। कटीबलुवा वडा समितिमा अध्यक्षसहित १३ जना सदस्यहरू रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्।

१)अध्यक्ष = जोगिन्द्र मुखिया निषाद

२)उपाध्यक्ष = विजयमल राउत निषाद

३)सचिव = रामानन्द सहनी निषाद

४)सह-सचिव = अनिल सहनी निषाद

५)कोषाध्यक्ष = रामायण राउत बिन निषाद

६)सदस्य = सुकदेव मुखिया निषाद

७)सल्लाहकार = रबिन्द्र सहनी निषाद

अन्य ६ जना सदस्यहरू रहेका छन्।

जय निषाद राज!!! 

 

Comments

Popular posts from this blog

मधुबनी गाउँमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो...

राष्ट्रिय निषाद विकास संघ नेपालको पर्सा जिल्लाको कार्य समितिको बैठक हाँसवामा सम्पन्न भयो।