राष्ट्रिय निषाद विकास संघ नेपालको पर्सा जिल्लाको कार्य समितिको बैठक हाँसवामा सम्पन्न भयो।
आज मिति 2072-06-17 गते राष्ट्रिय निषाद विकास संघ नेपालको जिल्ला कार्य समितिको बैठक विन्दावाँसनी गाउँपालिका वाड नंः 5 हाँसवामा सम्पन्न भएको छ।
उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालका अध्यक्ष जितेन्द्र सहनी निषाद, वरिष्ठ सल्लाहकार सुदामा मुखिया निषाद र मोतीलाल मुखिया निषाद, सचिव सन्तोष मुखिया निषाद, युवा संयोजक सन्दिप सहनी निषाद तथा अन्य समितिका पदाधिकारी लगायत निषाद समुदायको सहभागिता रहेएको थियो।
निषाद समुदाय बीच एकता कायम होस् भन्ने सबै वक्ताहरूको जोड थियो, साथै अन्य विभिन्न निषाद समुदायको समस्याहरुलाई समाधान पार्न एक भएर लागौ भन्ने कतिपय वक्ताहरूको पनि जोड थियो।
आर्थिक, सामाजिक, शैक्षिक सुधार गर्ने उद्देश्यले अगाडि बढिरहेको राष्ट्रिय निषाद विकास संघ नेपाल भन्ने जानकारी अध्यक्ष निषादले दिए।
राष्ट्रिय निषाद विकास संघ नेपाल संस्थाले, निषाद समुदायमा रहेको महिला र छोरीलाई शिक्षित बनाउन तर्फ पनि अग्रसर रहेको उक्त संस्थाका अध्यक्ष निषादले बताउनुभयो।
"जय निषाद राज" को नारा बाट सम्बोधन गर्ने भन्ने निषाद समुदायको परम्परा हो भन्ने जानकारी वरिष्ठ साहित्यकार दिएका थिए।

Comments
Post a Comment