जगतपुरमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो।

यही मिति २०७७ साल  असोज २२ गते पर्सा जिल्लाको पोखरीया नगरपालिका वार्ड नंः८ जगतपुरमा बसेको राष्ट्रिय निषाद विकास संघ नेपालको बैठकले सफलतापूर्वक वडा समिति गठन गरेको छ । उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, जिल्ला युवा संयोजक सन्दिप सहनी निषाद, वरिष्ठ सल्लाहकार सुदामा मुखिया , उक्त गाउँका लगायतका अन्य पदाधिकारीहरू र उक्त गाउँका निषाद समुदायको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्ने छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। जगतपुर वडा समितिमा अध्यक्षसहित २४ जना सदस्यहरू रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्।
१)अध्यक्ष = रामेश्वर फौज्दार निषाद
२)उपाध्यक्ष = सिङगहासन मुखिया निषाद
३)सचिव = शिवजी मुखिया निषाद
४)सह-सचिव = रामबालक मुखिया निषाद
५)कोषाध्यक्ष = जोगिन्र्द सहनी निषाद
६)सदस्य = अमिचन सहनी निषाद
७)सल्लाहकार = मिश्री मुखिया निषाद
अन्य १७ जना सदस्यहरू रहेका छन्।
जय निषाद राज!!! 

Comments

Post a Comment

Popular posts from this blog

मधुबनी गाउँमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो...

आज फेरि कटीबलुवामा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो।

राष्ट्रिय निषाद विकास संघ नेपालको पर्सा जिल्लाको कार्य समितिको बैठक हाँसवामा सम्पन्न भयो।