जिराभवानी गाउँपालिका वार्ड नंः३ परासवामा राष्ट्रिय निषाद विकास संघ नेपालको वार्ड समिति गठन गरियो।
यही मिति २०७७ साल भदौ २० गते पर्साको जिराभवानी गाउँपालिकाको परासवा गाउँमा बसेको राष्ट्रिय निषाद विकास संघ नेपाल को बैठकले सर्वसहमति बाट वार्ड समिति गठन गरेको छ। उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, जिल्ला सचिव सन्तोष मुखिया निषाद, जिल्लाका युवा संयोजक सन्दिप सहनी निषाद लगायतका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्ने छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। परासवा वडा समितिमा अध्यक्षसहित १९ जना रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्।
१)अध्यक्ष = वैधनाथ मुखिया निषाद
२)उपाध्यक्ष = धुपन मुखिया निषाद
३)सचिव = राजेश केवट निषाद
४)सह-सचिव = नवलकिसोर केवट निषाद
५)कोषाध्यक्ष = सजावल मुखिया निषाद
६)सदस्य = किसनावती देवी निषाद
अन्य १३ जना सदस्यहरू रहेका छन्।
जय निषाद राज!!!

Comments
Post a Comment