पर्साको जिराभवानी गाउँपालिका वार्ड नंः-५ संखुवनियामा राष्ट्रिय निषाद विकास संघ नेपालको वार्ड समिति गठन गरियो।
यही मिति २०७७ साल भदौ २२ गते पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाको वार्ड नंः-५ संखुवनीया गाउँमा बसेको राष्ट्रिय निषाद विकास संघ नेपाल को बैठकले सर्वसहमति बाट वार्ड समिति गठन गरेको छ। उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, कृष्ण नुनिया निषाद, भेलाहा गाउँ कमिटीका अध्यक्ष मुन्न मुखिया निषाद र सचिव पुनदेव मुखिया निषाद लगायतका अन्य पदाधिकारीहरू र उक्त गाउँका जन समुदायहरूको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्ने छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। संखुवनिया वडा समितिमा अध्यक्षसहित २८ जना सदस्यहरू रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्।
१)अध्यक्ष = शिवशङ्कर नुनिया निषाद
२)उपाध्यक्ष = जवाहिर सहनी निषाद
३)सचिव = फुलेना नुनिया निषाद
४)सह-सचिव = गिरजा देवी निषाद
५)कोषाध्यक्ष = रामचन्द्र नुनिया निषाद
६)सदस्य = सारदा देवी निषाद
अन्य १६ जना सदस्यहरू रहेका छन्।
जय निषाद राज!!!

Comments
Post a Comment