बगहीमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो।
यही मिति २०७७ साल कार्तिक १ गते पर्सा जिल्लाको बिरगंज महा-नगरपालिका वार्ड नंः२८ बगहीमा बसेको राष्ट्रिय निषाद विकास संघ नेपालको बैठकले सफलतापूर्वक वडा समिति गठन गरेको छ । उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, युवा संयोजक प्रमोद सहनी निषाद, वरिष्ठ सल्लाहकार मोतीलाल मुखिया निषाद, लगायतका अन्य पदाधिकारीहरू र उक्त गाउँका निषाद समुदायको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्ने छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। बगही वडा समितिमा अध्यक्षसहित २४ जना सदस्यहरू रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्।
१)अध्यक्ष = दिपलाल सहनी निषाद
२)उपाध्यक्ष = मोतीलाल सहनी निषाद
३)सचिव = शिवनारायण सहनी निषाद
४)सह-सचिव = विक्रम सहनी निषाद
५)कोषाध्यक्ष = सुमन सहनी निषाद
६)सदस्य = पानालाल सहनी निषाद
अन्य १८ जना सदस्यहरू रहेका छन्।
जय निषाद राज!!!

Comments
Post a Comment